काठमाडौं । महाधिवेशन कार्यतालिकाका सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
कांग्रेस सभापति शेरवहादुर देउवाले महाधिवेशन कार्यतालिकाका बारेमा छलफल गर्न आज पदाधिकारी बैठक डाकेका छन् ।
बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने बताइएको छ । बैठकमा भदौमा जुनसुकै हालतमा महाधिवेशन गर्नेगरि कार्यतालिकामा हेरफेर गर्ने सम्बन्धका छलफल हुनेछ ।
अहिलेको कार्यतालिका अनुसार कांग्रेसलाई असार ५ बाट वडा अधिवेसन गर्नुपर्ने वाध्यता छ । तर महाधिवेसन मेरुदण्ड क्रियाशील सदस्यताको विवादलाई पार्टीले टुंगोमा पु¥याउन सकेको छैन भने सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण हुन सकेको छैन ।
भदौ ७ देखि १० सम्म केन्द्रीय महाधिवेसन सक्ने गरि कार्यतालिका हेरफेरमा प्रारम्भीक सहमती जुटाउने र त्यसलाई केन्द्रीय कार्यसमिति बैठक डाकेर अनुमोदन गराउने बताइएको छ ।
यस्तै बैठकमा दलीय गठबन्धनको उपलब्धिको समीक्षा तथा समग्र राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने छ ।