काठमाडौँ । सर्वोच्चले नागरिकता अध्यादेशप्रति रोक लगाएको भन्दै जसपा अध्यक्ष महन्थ ठाकुरले असन्तुष्ट जनाएपनि सर्वोच्चको आदेशलाई भने आत्मासाथ गर्ने बताएका छन् ।शुक्रबार पार्टी कार्यालय बबरमहलमा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवलाई आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई संवोधन गर्दे अध्यक्ष ठाकुरले सरकारले ल्याएको अध्यादेश पनि एक प्रकारको कानून नै भएको भएका बताए ।
सरकारले नागरिकताको पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेपछि सर्वोच्चले रोक लगाएको हो ।तर अध्यक्ष ठाकुरले आफू न्यायालयको पक्षमा रहेको भन्दै सर्वोच्चले गरेको आदेशलाई पूर्ण आत्मासाथ गर्ने बताए । अध्यक्ष ठाकुरले नागरिकता सम्बन्धी समस्या मधेशको मात्र मुद्धा नभएर सिङ्गो नेपालीको समस्या भएको भन्दै नागरिकता अध्यादेश जारी गर्नमा सवै दलहरुको भूमिका उतिकै हुनुपर्नेमा जोड दिए ।
यसअघि सर्वोच्चले अध्यादेशबमोजिम वितरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानूनी जटिलता पैदा हुने भएको भन्दै संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाट नै आवश्यक व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको थियो । त्यस्तै उपप्रधान एवं शहरी बिकास मन्त्री राजेन्द्र महत्ताले जसपा अब मुलुकको बैकल्पिक शक्ति भएको भन्दै अहिलेको अवसरलाई जनताका लागि सदूपयोग गर्नुपर्ने धारणा राखे ।
देश र जनताप्रति समर्पित भएर सवैले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । कार्यक्रममा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवले सरकारमा रहेर मधेश लगाए अन्य क्षेत्रमा रहेका जनताको समस्या समाधानका लागि काम गर्ने उल्लेख गरे ।