विराटनगर। प्रदेश १ नेपाली कांग्रेसले ढुंगा गिटी निर्यातको विषयमा प्रदेश सरकारसंग स्पष्ट धारणा माग गरेको छ ।शुक्रबार प्रदेश सदस्य मोहनकुमार खड्काले संघीय सरकारले बजेटमा राखेको ढुंगा गिटीको निर्यातको विषयमा बोल्दै प्रदेश सरकारसंग स्पष्ट धारणा माग गरेका हुन् ।
सदस्य् खड्काले ‘कि, म माटो बेचेर सत्ता टिकाउन संघीय सरकारलाई सघाउँछु भनेर घोषणा गर्नुप¥यो, कि माटो बचाऊ अभियान चलाउनु प¥यो,भन्दै आक्रोस व्यक्त गरेका छन् । उनले विगतमा राजा महाराजाहरुले सत्ता टिकाउनको लागि तराईको जंगल फडानी गर्ने योजना ल्याएको भन्दै बर्तमान ओली सरकारले पनि सत्ता टिकाउन ढुङ्गा गिटीको योजना ल्याएको आरोप लगाएका छन् ।
उनले सरकारलाई कटाक्ष गर्दे भने, ‘ नेपाली जनताको हित विपरीत ल्याएका कुनै पनि शन्धिले नत सत्ता टिक्न सक्छ नत जनतालेनै त्यस्तो असंवैधानिक कार्यप्रति साथ दिन्छन् भन्दै बर्तमान सरकार र सत्ता दुवै नटिक्ने तर्क गरेका छन् । सांस्द खडकाले माटो रक्षाका निमित्त प्रदेश सरकारले आफ्नो धारणा क्लियर गर्नुपर्ने तक