अफगानिस्तानमा आतंकवादी हमला, ६० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार
काबुल, ४ कार्तिक । अफगानिस्तानका दुई मस्जिदमा गराइएका आक्रमणमा ६० जना मारिएका छन्। राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तिमा ३९ जना मारिएका थिए।
मारिने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी अधिकारीले बताएका छन्। यस्तै घोर प्रान्तमा रहेको सुन्नी मुसलमानको मस्जिदमा गराइएको अर्को आक्रमणमा २१ जना मारिएका छन्। काबुलको मस्जिदमा गराइएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ।
 
आक्रणमकारीले शुक्रबार हुने नियमित प्रार्थनाका लागि जम्मा भएका भक्तजनलाई लक्षित गरी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
अफगानिस्तानमा यो हप्ता मस्जिदमा भएका आक्रमणमा मात्र कम्तिमा एक सय ७६ जना मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

ताजा समाचार