कञ्चनपुर। भारतीय पक्षले कञ्चनपुरको नेपाली भूमिमा हस्तक्षेप भने निरन्तर जारी राखेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर९ बिचफाटा मा स्थानिय सरकारको प्रधानमन्त्री स्वरोजगर कार्यक्रम अन्तर्गत वडाको बजेटबाट रिङ्ररोडको अवधारणा लिई नेपाल भारत सीमा स्तम्भ नम्बर १०३ दसगजा नजिक नेपाली भुमिमा बाटो निर्माण गर्दा भारतीय एसएसबीले अवरोध पु¥याएको छ।
दशगजा क्षेत्रभन्दा करीव १५–२०मीटरको दुरीमा नेपाली भुभाग भित्र बाटो निर्माण गर्ने कार्यमा भारतीय एसएसबीले अबरोध पुर्याए पछि स्थानीय सीमावर्ती नेपालीहरू आक्रोशित बनेका छन।