कांग्रेसको ध्यानाकर्षण : सरकारले क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्न खोज्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

कांग्रेसको ध्यानाकर्षण : सरकारले क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्न खोज्यो

काठमाडौं। सरकारले क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्ने नियत बनाउन थालेको नेपाली कांग्रेसले आरोप लगाएको छ । सरकारले बजेटमा ल्याएको क्यान्सर संस्थानको अवधारणामा ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत राखेको कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै गम्भीर विमर्शपश्चात मात्रै उचित विकल्पको निष्कर्षमा पुग्नुपर्ने भन्दै क्यान्सर अस्पताल जस्तो संवेदनशील विषयलाई सरकारले कुण्ठित गर्न नुहुने बताएको छ ।

‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन निश्चयनै जरुरी छ । त्यसका लागि स्थापित स्वास्थ्य प्रतिष्ठानहरू हाम्रो भरपर्दो आधार हुन् ।’ विज्ञप्तिमा भनिएको छ ‘

Leave a Reply