पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० संक्रमणमुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ४ हजार ५ सय ३० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ६५ पीसीआर परीक्षणमध्ये ३ हजार ८ सय ७० संक्रमित र ५ हजार ६ सय ११ एन्टीजेन परीक्षणमध्ये एक हजार २ सय ८३ संक्रमित गरी जम्मा ५ हजार १ सय ५३ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये भक्तपुरमा १ सय २१, ललितपुरमा २ सय ६९ र काठमाडौंमा ८ सय ३६ गरी काठमाडौंं उपत्यकामा १ हजार २ सय २६ संक्रमित थपिएका छन् ।

हाल नेपालमा एक लाख १ हजार ६ सय ३४ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा एक सय एक सय ८ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);