म्यानचेस्टर सिटीका केभिन डी ब्रुइन पीएफए बर्षको उत्कृष्ट फुटबलर | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

म्यानचेस्टर सिटीका केभिन डी ब्रुइन पीएफए बर्षको उत्कृष्ट फुटबलर

एजेन्सी । इंग्ल्यान्डको म्यानचेस्टर सिटीका मिडफिल्डर बेल्जीयमका खेलाडी केभिन डी ब्रुइन प्रोफेसनल फुटबल एसोसिएसन पीएफए बर्षको उत्कृष्ट फुटबलर बनेका छन । प्रिमियर लिगका खेलाडीलाई दिइने पीएफए बर्षको उत्कृष्ट खेलाडीको सम्मान २९ बर्षे ब्रुइनले लगातार पटक पाएका हुन् ।

उनले यसअघि २०१९ र २० को सिजनमा यो अवार्ड जितेका थिए । सिटीका लागि यो सिजनमा २५ खेलमा ६ गोल र १२ एसिस्ट गरेका थिए । उनले आफ्नै टिमका रुबेन डियाज, गुन्डोगन, फिल फोडेन, टोटनहमका हेरी केन, म्यानचेस्टर युनाइटेडका ब्रेनो फर्नान्डेसलाई पछि पारे ।

यस्तै चेल्सीकी फ्रान किर्बेले महिलाको उत्कृष्ट अवार्ड पाइन भने सिटीक लउरेन हिम्पले तेस्रो पटक महिलाको उत्कृष्ट युथ खेलाडी बनिन् । लगातार २ पटक पीएफए बर्षको उत्कृष्ट खेलाडीको सम्मान पाउने ब्रुइन तेस्रो खोलाडी हुन् ।

यस अघि आर्सनलका थिएर अन्री र म्यान्चेस्टर युनाइटेडका क्रिस्टयानो रोनाल्डोले लगातार २ पटक पीएफए बर्षको उत्कृष्ट खेलायीको सम्मान पाइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);