काठमाडौं, २ कार्तिक । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
बिहीबारे रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममका अवसरमा कुरा गर्दै प्रधानन्यायाधिश पराजुलीले मुलुक यतिबेला चुनावमय भएको बताएका हुन् । उनले भने,‘मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबैको सहभागिता होस्, निर्वाचन समयमै सम्पन्न हुन्छ, जनताले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ।’
पराजुलीले न्यायालय स्वतन्त्र, भयरहित, स्वच्छ छबि र उच्च मर्यादित भएमात्रै देश समृद्ध र सभ्य हुने स्पष्ट पारे । त्यस्तै न्यायालय आफ्नो गतिमा चल्ने बताउँदै भने – न्यायलयले संविधान र कानुनको संरक्षण गर्छ, जहाँ जहाँ न्याय पद्धती बलियो, त्यही त्यही विकास भएको छ, सभ्यता बलियो भएको छ ।’