इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित

एजेन्सी । इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । हर्जोगले १ सय २० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेर इजरायलकोे एघारौं राष्ट्रपति निर्वाचित भएको अन्त्राष्ट्रिय संचार माध्यमहरुको जनाएका छन् ।

इजरायलका वर्तमान राष्ट्रपति रुभेन रिभलिनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ । आलंकारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गरेका हुन् ।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरे । साठी वर्षीय हर्जोगले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्ने इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्ने बताए ।

हर्जोग यसअघि लेबर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसदमा विपक्षी दलको नेता रहेका थिए । उनी सन् २०१५ को चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरुद्धमा चुनावी मैदानमा उत्रिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);