एमाले विभाजन रोक्न महासचिव पोखरेलसहित नेताहरु सक्रिय | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

एमाले विभाजन रोक्न महासचिव पोखरेलसहित नेताहरु सक्रिय

काठमाडौ। नेकपा एमाले विभाजनको दिसातर्फ उन्नमुख भएपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक दौडधुपमा जुटेका छन्। एमाले विभाजन रोक्न दोस्रो तहका नेताहरुले गृहकार्य गरिरहेको अवस्थामा पार्टीका महासचिव ईश्वर पोखरेल थप अनौपचारिक परामर्शमा गर्न जुटेका हुन् ।

उपप्रधानमन्त्री समेत रहेका महासचिव पोखरेलले आज पार्टीका नेता योगेशकुमार भट्टराईसँग छलफल गरेका छन् । पार्टीलाई एकताबद्ध कायम राख्ने विषयमा दुई नेताहरुवीच छलफल भएको महासचिव एवं उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

नेता भट्टराईलगायत केही नेता नेपाल निकट मानिए पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन गठबन्धन वा नयाँ पार्टी दर्ता गर्ने विषयमा असहमत भएकाले उनीहरु एकताका लागि अग्रसर देखिएका छन् । महासचिव पोखरेलले गत महिना नेता नेपालसँग र भीमबहादुर रावललगायतसँग समेत छलफल गरेका थिए ।

उनले भेटवार्तामा एमालेलाई फूटाउन भन्दा पनि जुटाउनेतर्फ अग्रसर बन्न आग्रह समेत गरेका थिए । त्यसैको निरन्तरतामा उनी थप सक्रिय बन्दै गएका हुन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);