२४ घन्टामा ६ हजार ८ सय ९८ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

२४ घन्टामा ६ हजार ८ सय ९८ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९८ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९८ संक्रमणमुक्त भएका हुन् । योसंगै संक्रमणमुक्त हुनेहरुको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर गरिएका २० हजार १ सय ६५ जनाको पीसीआर–एन्टिजेन परीक्षणमा ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ संक्रमितले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);