एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५३ हजार ४ सय ८५ मा संक्रमण पुष्टि भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा भारतमा ३ हजार १ सय २८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख २९ हजार १ सय पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टाका २ लाख ३८ हजार २२ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ५६ लाख ९२ हजार १ सय पुगेको छ ।
हाल भारतमा २० लाख २६ हजार ९२ सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी भारतमा हालसम्म २१ करोड ३१ लाख ५४ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।