भेरी अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

भेरी अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन

बाँके । बाँकेको भेरी अस्पताल नेपालगन्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पटकपटक स्वास्थ्यकर्मी माथी कुटपिटका घटना हुनथालेपछि २५ जना प्रहरी अस्पतालमा खटाईएको हो ।

बिरामीका आफन्तले बिहिबार राती अस्पतालको कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गरेपछि सुरक्षाको ग्यारेन्टि नभएसम्म काम गर्न नसकिने भन्दै स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गरेका थिए ।

प्रहरी नायव निरिक्षक तोजेन्द्र विसिको कमाण्डमा २ जना प्रहरी सहायक निरिक्षकसहित २५ जना प्रहरी भेरी अस्पतालमै बस्ने गरी खटाईएको जनाइएको छ । यसअघि प्रहरी बाहेक सेक्युरेटि गार्ड समेत अस्पतालमा खटिएका थिए ।

तर सानो संख्यामा भएका कारण पटक पटक घटनाहरु दोहोरिने गरेका थिए ।यसैबिच चिकित्सक तथा नर्समाथी आक्रमण गर्ने विरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि भेरी अस्पतालमा उत्पन्न तनाव साम्य भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नियमित काममा फर्किएका छ्न ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);