काठमाडौं । आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । आज अर्थमन्त्री विष्णु पौडेलले बजेट विनियोजन प्रस्तुत गर्नेक्रममा यस्तो बताएका हुन् ।
चालुतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ ३ खर्ब अर्ब ४७ अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश रकम विनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।