काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र रोजगारदाताले योगदान गर्नुपर्ने जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने भएको छ ।
प्रधानमन्त्री कार्यलय सिंहदरबारबाटअध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले सामाजिक सुरक्षा योजनामा आवद्ध रोजगारदाता र श्रमिकले व्यहोर्नुपर्ने ३३ प्रतिशत रकम सरकारले व्यहोर्ने बताए ।
रोजगारदाताले २० प्रतिशत र श्रमिकले योगदान गर्नुपर्ने ११ प्रतिशत रकम सरकारले व्यहोर्ने भएको हो ।