काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८० जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८० संक्रमणमुक्त भएका हुन् । योसंगै संक्रमणमुक्त हुनेहरुको कुल संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर गरिएका १४ हजार ७ सय ५२ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय १६ संक्रमितले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको छ ।




