एजेन्सी । कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसिएको छ ।
अमेरिकाले कोरोना उत्पत्तीबारे थप अनुसन्धान गर्ने जनाएपछि चिनले यसको विरोध गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएपछि चिनले असन्तुष्टि जनाएको हो । चीनले स्पष्ट भाषामा अमेरिकी प्रयासलाई निरर्थक भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
अमेरिका र बहुराष्ट्रिय प्रयासहरु राजनीतिक अभिष्टबाट प्रेरित भएको आरोप लगाउँदै चीनले भाइरसको उत्पत्तिबारे आफै स्वतन्त्र छानविन गर्ने स्पष्ट गरेको छ । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसका संक्रमित भेटिएका थिए ।
अमेरिकाले चीनको एउटा प्रयोगशालाबाटै यो भाईरस चुहावट भएको र विश्वभर फैलिएको हुनसक्ने तर्क गर्दै आएको छ । तर चीनले भने यसलाई अस्विकार गरिरहेको छ ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले वुहानको स्थलगत भ्रमण र अनुसन्धानपछि कोरोना भाइरस प्रयोगशालामा तयार भएको भन्ने आरोपलाई खारेज गरिसकेको छ ।