कोरोना भाइरसको उत्पत्तिबारे निकर््यौल गर्न अमेरिकी राष्ट्रपति बाइडेन सक्रिय | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

कोरोना भाइरसको उत्पत्तिबारे निकर््यौल गर्न अमेरिकी राष्ट्रपति बाइडेन सक्रिय

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका छन् । कोरोना भाइरसको उत्पत्तिका बारेमा विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने कुरा पत्ता लगाई ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका हुन् ।

बाइडेनले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाले फैलिएको हो भन्ने कुरा पत्ता लगाउन पनि आदेश दिएका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण पहिलो पटक सन् २०१९ को डिसेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा देखिएको थियो ।

चिनले वुहानको सीफूड बजारमा पहिलो पटक संक्रमण देखिएको दाबी गर्दै आएको छ । वैज्ञानिकहरुले कोरोना भाइरस चमेरो हुँदै कुनै जनावर मार्फत मानिसमा सरेको प्रबल सम्भावना रहेको बताउँदै आएका छन् । पश्चिमा देशहरुले कोरोना भाइरस प्रयोगशालामा तयार पारिएको हुन सक्ने आशंका गरिरहेका छन् ।

तर विश्व स्वास्थ्य संगठन डब्लूएचओले वुहानको स्थलगत भ्रमण र अनुसन्धानपछि कोरोना भाइरस प्रयोगशालामा तयार भएको भन्ने आरोपलाई खारेज गरिसकेको छ । तर अमेरिका, बेलायत, क्यानडा, जापान, नर्वे, डेनमार्कलगायतका विभिन्न १४ मुलुकले भने डब्लूएचओको प्रतिवेदनमा प्रश्न उठाएका छन् ।

युरोपेली युनियनले पनि कोरोना भाइरसको उत्पत्तिबारे अझ अनुसन्धान हुनुपर्ने र त्यो स्वतन्त्र हुनुपर्ने बताइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);