भारतमा खोपको उत्पादन र लगाउने अभियान तीव्र रूपमा, आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

भारतमा खोपको उत्पादन र लगाउने अभियान तीव्र रूपमा, आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने

एजेन्सी । भारतमा आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने दाबी गरिएको छ ।

भारतको चर्चित तथा प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने पनि दाबी गरेका छन् ।

उनले भनेका छन्, “भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ, खोपको उत्पादन र खोप लगाउने अभियान तीव्र रूपमा भइरहेको छ ।”

भारतको जनसङ्ख्या पनि अति धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने भएको पनि उनको भनाइ थियो ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाका २ लाख ८३ हजार १ सय ३५ लगायत भारतमा संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई करोड ४६ लाख ३३ हजार ९ सय ५१ पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त दरमा सुधार भएर ९८.७४ प्रतिशत पुगेको छ ।

भारतमा हालसम्म २० करोड २६ लाख ९५ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);