संखुवासभामा बढ्यो चुनावी चहलपहल | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

संखुवासभा, १ कार्तिक । मंसिर १० का लागि तोकिएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुको गतिविधिले संखुवासभामा विस्तारै चहलपहल बढाएको छ ।

दलका कार्यकर्ता सम्भावित उम्मेदवारको सूची केन्द्रमा पठाउने र गाउँमा मतदातालाई आकर्षित पार्ने जस्ता कार्यक्रममा सक्रिय हुन थालेका छन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रले आ–आफ्ना गाउँ तथा क्षेत्रीय समितिसँग योग्य उमेदवारको नाम माग गरेर केन्द्रमा सिफारिस गरेको जनाएको छ । अन्य साना दल पनि पनि चुनावी तयारीका लागि नाम सिफारिसमा जुटेको छ ।

प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको संखुवासभामा कांग्रेस, एमाले र माओवादी केन्द्रको क्षेत्रीयदेखि जिल्ला कमिटीसम्मले प्रत्यक्षमा १०–१२ जनाको नाम केन्द्रमा सिफारिस गरेका छन् ।

पार्टीले सूची केन्द्रमा पठाएपछि ती दलका नेता र कार्यकर्ता टिकट लिन राजधानी पुगिसकेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);