काठमाडौं । नेपाल र चीनका राजनीतिक पार्टीबीच भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड १९ संक्रमणको सम्बन्धमा चिन सरकारले दिएको सहयोगको निम्ति आभार व्यक्त व्यक्त गरेका छन् ।
बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले नेपाल र चीनका राजनीतिक दलहरुसँग महामारीको बेला संयुक्त अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चीन सरकारले नेपालका लागि स्वास्थ्य सामाग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति धन्यवाद प्रकट गरेका हुन्।
चीनले कोभिडविरुद्धको भ्याक्सिनमा चीनले प्राप्त गरेको सफलताको पनि उनले प्रशंसा गरे ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले महामारी नियन्त्रणका लागि चिन सरकारले नेपाललाई मेडिकल सामाग्री उपलब्ध गराउनु खुशीको कुरा भएको बताएका छन् ।
नेपाली कांग्रेसका नेता नारायण खड्काले कोभिड १९ महामारीका कारण अक्सिजन, अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्री अभाव भईरहेका बेला नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेकामा चिन सरकारलाई धन्यवाद प्रकट गरेका छन्।
उता, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुईदेशबीच असल मित्रताको सम्बन्ध रहेको बताएका छन ।




