हेपाहा र कपटीलाई साथी नबनाउन नेता नेपालको अपिल | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

हेपाहा र कपटीलाई साथी नबनाउन नेता नेपालको अपिल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले भगवान गौतम बुद्धले देखाएको सहि मार्गदर्शनको बाटो महत्वपूर्ण भएको बताएका छन् ।बुधवार बुद्ध जयन्तीका अवसरमा नेपालले शुभकामना सन्देश जारी गर्दै सही बाटो अवलम्बन गर्दै आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताएका हुन् ।

नेपालको जारी शन्देशमा भनिएको छ, ‘बुद्धवाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन हुन् ।यसैगरी कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आवलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण छन् ।’

Leave a Reply

ताजा समाचार