काठमाडौं । नेपाल बार एशोसियसनले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालाई असंवैधानिक निर्णय भएकाे भन्दै यसको अविलम्ब खारेजीको माग गरेको छ ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणी पौडेलले राष्ट्रपतिको निर्णय असंवैधानिक र आलोकतान्त्रिक भएको दावी गरेका छन् ।
बार अध्यक्ष श्रेष्ठ र महासचिव पौडेलले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको प्रक्रिया पूरा नगरी प्रतिनिधिसभा विघटन गर्दा यसले संविधान नै संकटमा परेको बताएका छन् ।




