८ देशका नागरिकलाई प्रवेशमा रोक लगाउने राष्ट्रपति ट्रम्पको घोषणा अदालतले रोक्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

एजेन्सी, १ कार्त्तिक । आठ देशका नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने सम्बन्धी नियम कार्यान्वयमा अदालतले रोक लगाएको छ ।

अमेरिकाको एक संघीय अदालतले विभिन्न देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी नियम तत्कालका लागि कार्यान्वय नर्गन आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको सुरक्षाका लागि भन्दै ल्याएको यात्रा प्रतिबन्ध सम्बन्धी नियम यो हप्ता लागु गर्ने तयारी थियो । तर हुवाइ राज्यको होनोलुलुमा रहेको संघीय अदालतले नियम तत्काल कार्यन्वयन नर्गन आदेश दिएको हो ।

ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धी नियम अनुसार इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड र उत्तर कोरिया नागरिक तथा भेनेजुएलाका केही अधिकारी प्रभावित हुने थिए । नयाँ नियम कार्यान्वयका लागि अमेरिकाको संघीय आप्रवासी कानुन अनुसार राष्ट्रपतिसँग अधिकार नरहेको अदालतले उल्लेख गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);