चीनको वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीका अनुसन्धानकर्ता बिरामी परेको अमेरिकी गुप्तचर प्रतिवेदनको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

चीनको वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीका अनुसन्धानकर्ता बिरामी परेको अमेरिकी गुप्तचर प्रतिवेदनको दाबी

एजेन्सी । अमेरिकी गुप्तचर प्रतिवेदनले चीनको वुहान स्थित वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी परेको दाबी गरेको छ । कोरोना भाइरसको महामारी सुरु भएको वुहानको प्रयोगशालाका ती तीन अनुसन्धानकर्ताले बिरामी परेपछि अस्पतालको सहायता मागेको अमेरिकी गुप्तचर प्रतिवेदनको दावी छ ।

कोरोना भाइरसको महामारी सुरु भएको समय पनि लगभग त्यहि रहेको र उनीहरुमा कोरोना भाइरस र मौसमी फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएको प्रतिवेदनमा उल्लेख छ । भाइरस वुहानको प्रयोगशालाबाट चुहावट भएको भन्ने आशंकामा अनुसन्धान भइरहेका बेला अमेरिकी गुप्तचर निकायको प्रतिवेदनले उक्त कुरा सार्वजनिक गरेको हो ।

विश्व स्वास्थ्य संगठनको पहलमा स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनको प्रारम्भीक नतिजामा कोरोना भाइरस प्रयोगशालामा विकास भएको वा त्यहाँबाट चुहावट भएको भन्ने दाबीमा तथ्य नरहेको उल्लेख छ । तर थप स्पष्ट हुनका लागि बिस्तारित अध्ययनको खाँचो रहेको उनीहरुले बताएका छन् ।

यसै सन्दर्भमा डब्लुएचओको बैठकमा छलफल हुँदैछ । त्यसको पूर्व सन्ध्यामा अमेरिकी गुप्तचर निकायको प्रतिवेदन सार्वजनिक भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसले चीनको प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको हुन सक्ने आशंकामा बिस्तारित र सघन अध्ययनका लागि थप दबाब बढाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);