संविधानको व्यवस्थालाई व्यवहारमा लागू गर्न नागरिकता अध्यादेशः महान्यायाधिवक्ता कार्यालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

संविधानको व्यवस्थालाई व्यवहारमा लागू गर्न नागरिकता अध्यादेशः महान्यायाधिवक्ता कार्यालय

काठमाडौ। महान्यायाधिवक्ता कार्यालयले संविधानमा भएको नागरिकतासम्बन्धी व्यवस्था कार्यान्वयनका गर्न नागरिकतासम्बन्धी अध्यादेश २०७८ जार भएको बताएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दे कार्यालयले संविधानको व्यवस्थालाई व्यवहारमा लागू गर्नका लागि बनाएको भन्दै अध्यादेश ल्याएको स्वष्ट पारेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी थिइन् ।

सरकारले संसद नभएको बेलामा राष्ट्रिय महत्वको विषयमा अध्यादेश ल्याएको भन्दै सार्वजनिक रुपमा बिरोध गर्दे आएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले संविधानको व्यवस्था अनुसार जन्मको आधारमा नेपाली नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको भन्दै यस्लाई कसैले पनि कुण्ठाको विषयमा नलिन समेत आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);