काठमाडौं । (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले सरकारी सुविधामा पाएको गाडी फिर्ता गरेकी छन्। प्रतिनिधिसभा विघटन भएपछि राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता दिएको हुन् ।
‘पदमा रहँदासम्म र काम गर्दासम्म राज्यको स्रोत साधन प्रयोग गर्ने हो अब पदनै नरहेपछि सरकारी साधनको दुरुपयोग गर्नु उचित नभएको उनको तर्क रहेको छ ।
प्रतिनिधिसभा बिघटन पछि आफू सांसद नै नरहेको र जिम्मेवारीबाट मुक्त भएपछि किन गाडी प्रयोग गर्नु भन्दै उनले आइतबार नै गाडी संसद सचिवालयलाई फिर्ता गरेकी हुन् ।