राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने देउवाको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने देउवाको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी षड्यन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेको नेपाली कांग्रेसको ठहर रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधानलाई निजी सम्पत्तिको रुपमा आफू अनुकुल प्रयोग गरेको पनि देउवाले विज्ञप्तिमार्फत आरोप लगाएका हुन् ।

साथै देउवाले नेपालको संविधान बमोजिम राष्ट्रपतिले आफूलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा इन्कार गरेको समेत आरोप लगाएका छन् । संविधान बमोजिम आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुको सट्टा प्रतिनिधि सभबाट विश्वासको मत लिन असफल भई संसदमा अल्पमतमा परिसकेका र फेरि बहुमत जुटाउन नसक्ने स्वयं घोषण गरिसकेका ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

देउवाले सो कार्य असंवैधानिक मात्र नभई अनैतिक पनि भएको बताएका छन् । ‘नेपालको संविधानको अक्षर र भावना अनुसरा माननीय ओलीले प्रधानमन्त्रीका लागि दाबी गर्न नसक्ने प्रष्ट अवस्थ हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दाबीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तेक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो । ’

प्रधानमन्त्रीले हतारमा अर्को सरकार गठनको सिफारिस गर्नु, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधामन्त्री नियुक्तीको आह्वान गर्नु, संविधान बमोजिम आफूलाई नियुक्त गर्नुपर्नेमा दाबी नै गर्न नमिल्ने ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्य असंवैधानिक , अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसका साथै देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षर्था राष्ट्रपति र प्रधानमन्त्तीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्विज्ञप्तिमार्फत लोकतन्त्रवादी शक्तिलाई संविधान रक्षाका लागि एकजुट हुन समेत आह्वान गरेका छन् ।

गणतन्त्र, संविधानको रक्षा गर्न राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्यका विरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने प्रतिवद्धता समेत देउवाले जनाएका छन् ।

Leave a Reply