नेपाल पक्षका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति समक्ष लिखित पत्रमार्फत जानकारी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

नेपाल पक्षका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति समक्ष लिखित पत्रमार्फत जानकारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवंम नेकपा एमाले नेता जय कुमार राईले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति विधादेवी भण्डारीलाई लिखित पत्र पेश गरेका छन् ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि सांसद राई लगाएतका केहि नेताहरुले आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै लिखित पत्र पेश गरेका हुन्।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय भनिएका सांसदको हस्ताक्षर दुरुपयोग भएको राष्ट्रपतिलाई उनीहरूले नै जानकारी गराएका हुन् ।यसरी जानकारी गराउने सांसदहरूमा नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडीलगायतका नेतहरु रहेका छन् ।

उनीहरूले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको जानकारी गराएका हुन्। देउवालाई प्रधानमन्त्री बनाउने विषयले नेपाल समूहमा विवाद उत्पन्न भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);