माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार गर्ने ७ ब्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार गर्ने ७ ब्यक्ति पक्राउ

pakrau

कपिलवस्तु । कपिलवस्तुमा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पहरीले ७ ब्यक्तिलाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका १ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनास्थलबाट १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको प्रहरी जनाएको छ । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र मोहम्मद इसाद खान घाइते भएका हुन ।उनीहरुको युनिभर्सल भेडि

कल कजेल भैरहवामा उपचार भएरहेको प्रहरीले जनाएको छ । पाण्डेयको बाँया कोखामा र पेटमा गोली लागेको बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);