पोखरा । कास्कीका थप १७६ सहित गण्डकी प्रदेशमा ६८८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६९७ जनामा गरिएको थियो जसमा नमुना परीक्षणमा थप ६८८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयक निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
बुधबार पुष्टि भएका संक्रमित प्रदेशभरका सबै ११ जिल्लाका रहेका छन् । जसममा कास्कीका १७६ जना, तनहुँका ५६ जना, गोरखाका १२९ जना, लमजुङका ७ जना, नवलपुरका १२८ जना र स्याङ्गजाका ९ जना , पर्वतका २२ जना, बाग्लुङका ७० जना, म्याग्दीका ६८ जना र मुस्ताङका १० जना र मनाङ जिल्लाका रहेका छन्।
बुधबार थपिएका संक्रमितसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ६८८ पुगेको छ । जसमा ९,२७१ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ५६७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ।
बुधबार गण्डकी प्रदेशमा एकैदिन ३० जनाको मृत्यु भएको छ जुन संख्या अहिलेसम्मकै धेरै रहेको निर्देशक शर्माले जानकारी दिए ।
मृत्यु हुनेमा कास्कीका ६ जना सहित , तनहुँका ५ जना, स्याङ्गजाका ७ जना, नवलपुरका २ जना, गोरखाका ३ जना र पर्वतका ५ जना , रुपन्देहीका १ जना र पाल्पाका १ जना रहेका छन्। योसंगै, गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५२ पुगेको छ।