रुपन्देहीमा ५ जनाको मृत्यु, ३ सय ६१ जना नयाँ सक्रमित | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

रुपन्देहीमा ५ जनाको मृत्यु, ३ सय ६१ जना नयाँ सक्रमित

शशि पन्थी,
भैरहवा
। कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ६१ जना नयाँ कोरोना सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ६२ जना महिला, ७९ जना पुरुष सक्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा २१ जना महिला र १५ जना पुरुष नयाँ सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।

त्यसैगरि तिलोत्तमा नगरपालिकामा ५९ जना महिला, ४४ जना पुरुष, सियारी गाउँपालिकामा ३ महिला, २ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा १८ महिला १५ पुरुष, गैँडहवा गाउँपालिकामा १ जना महिला, १ जना पुरुष मायादेवी गाउँपालिकामा १ जना पुरुष सक्रमित भएका छन् ।

सैनामैना नगरपालिकामा १४ महिला ८ जना पुरुष संक्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा ६ महिला र ३ पुरुष सक्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा २ महिला सक्रमित भएका छन् ।

रोहिणी गाउँपालिकामा १ जना महिला, सुद्धोधन गाउँपालिकामा २ जना महिला र ३ पुरुष, कोटहीमाई गाउँपालिकामा १ जना पुरुष सक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हाल सम्म रुपन्देही जिल्लामा १७ हजार ४३ जना निको भई घर फर्केका छन् भने कुल मृत्यु हुनेको संख्या ३ सय ६७ पुगेको छ भने सक्रीय सक्रमितको संख्या ६ हजार २ सय ४३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);