काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराईले देश गम्भीर संकटमा फसेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले मंगलबार ट्वीट गर्दै एकातिर कोरोना महामारी र अर्कोतिर अन्तयहीन राजनीतिक गातिरोधका कारण देश गम्भीर संकटमा फसेको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नीति तथा कार्यक्रम र बजेट पास गर्न सकिने अवस्था पनि नरहेको र बैकल्पिक सरकार पनि बन्ने अवस्था नरहेको भट्टराईले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।
उनले अहिले संविधानका स्तम्भ एकएक गरी ढलिरहेको भन्दै सबै पार्टी तथा नेताहरु निरीह गरेको बताएका छन् ।
साथै भट्टराईले यस्तो बेलामा राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ? भनी प्रश्न समेत गरेका छन् ।
केही समयअघि भट्टराईले राष्ट्रिय सरकार निर्माणको प्रस्तावसहित प्रधानमन्त्री ओलीलाई भेटेको र उनले अस्वीकार गरेको पनि ट्वीटबाट नै खुलासा गरेका थिए ।