काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः सपथ गराउन माग गरी परेका रिटमा प्रधान्यायधीसले नै हेर्ने भएका छन् । मगंलबार पेशीमा परेको सो रिटमा प्रधानन्यायाधीस चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको हो ।
प्रधानमन्त्री ओलीले सपथ ग्रहणका क्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले भनेको एक शब्द दोहो¥याउन अस्वीकार गर्दै त्यो पर्दैन भनेका थिए ।
सो व्यवहारले राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन हुन गएको भन्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका थिए ।
प्रधानमन्त्रीले गएको शुक्रबार सपथ ग्रहण गरेका थिए ।