धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवन क्यान्सर अस्पताललाई ५० वटा अक्सिजन सहयोग | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवन क्यान्सर अस्पताललाई ५० वटा अक्सिजन सहयोग

चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० वटा अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण फैलिएसँगै अस्पतालहरुमा हुने अक्सिजन अभाव कम गर्न फाउण्डेशनले सिलिण्डर सहयोग गरेको हो ।

सोमबार फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमलाई सिलिण्डर हस्तान्तरण गरेका हुन्।

अहिलेको महामारीमा मात्र नभई दिर्घकालिन रुपमा अस्पताललाई सहयोग पुगोस् भन्ने हेतुले अक्सिजनसहितको सिलिण्डर खरिद गरि सहयोग गरिएको धुर्मुसले बताए । ‘कोभिडको यो कहरमा हामीले पनि केही गरौं भन्ने लाग्यो,उनले भने’, अकालमा कोही नमरोस भनेर सिलिण्डर सहयोग गरेका हौं ।’

उनले क्यान्सर अस्पतालमा तत्कालको आवश्यकता देखेरनै सिलिण्डर सहयोग गरिएको समेत बताए । चितवनमा सक्रिय युवाहरुको साथ र सहयोगमा कोभिडको कहरले भएका समस्या समाधानका काम गरिरहेको उनको भनाई छ ।

अध्यक्ष धुर्मुसले कोभिडको समस्या समाधान नहुने वेलासम्म फाउण्डेशनले संस्थागत रुपमा सहयोगका अभियानहरु संचालन गरिरहने आश्वासन दिए । अस्पतालमा अक्सिजन नपाएर छटपटाउने अवस्था कसैलाइ पनि आउन नदिन सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);