काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले गैर जिम्मेवार सरकारका कारन कोभिडको महामारीबाट जनताले उपचार नपाएर मृत्युवरण गर्नुपरको भन्दै दुख व्यक्त गरेका छन्। कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आइतबार कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका लागि गरेको भर्चुअल अन्तरक्रियामा संवोधन गर्दे देउवाले जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई पनि नभएको बताए ।
‘अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर जनताको मृत्यु भइरहेको छ । सरकार नचाहिने काममा व्यस्त भएको भन्दै जनताको जीवनमाथि खेलबाड गर्ने अधिकार सरकारसंग नभएको देउवाको तर्क छ।
उनले कोरोना कहरका बीच बिरामीहरुको उपचारका लागि खटिने स्वास्थ्यकर्मी लगायत सबै फ्रन्टलाइनरहरुलाई धन्यवाद समेत दिएका छन् । सभापति देउवाले समस्यामा परेका जनतालाई कांग्रेसका नेता कार्यकर्तालाइ सहयोग गर्न समेत आग्रह गरेका छन् । सभापति देउवाले भनेका छन ‘कांग्रेस जिम्मेवार पार्टी हो,जनताको सुखदुखमा उभिनुपर्छ ।




