आजको मौसम आंशिकदेखि सामान्य बदली रहने | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८१, शुक्रबार

आजको मौसम आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांस भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भूभाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);