सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको छः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको छः प्रधानमन्त्री ओली

काठमाडौं । सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कोरोना महामारीको अहिलेको जटिल अवस्थामा सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रीत हुन निर्देशन समेत दिएका छन् ।

यस्तो महामारीका बेला पनि अक्सिजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको खबर आउनु दुःखद् भएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिए ।

सरकार तथा निजी क्षेत्र सबैको ध्यान कोरोना नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने उनको भनाई थियो ।

प्रधानमन्त्रीले सरकार अभिभावक भएकाले समस्याका बेला सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने र त्यसमा निजी क्षेत्रको हातेमालो र सहयोग अपरिहार्य रहेकोमा जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);