निषेधाज्ञा पछि विरामीले उपचारका लागि हेलिकप्टर प्रयोग गर्न थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

निषेधाज्ञा पछि विरामीले उपचारका लागि हेलिकप्टर प्रयोग गर्न थाले

भरतपुर । हेलिकप्टर चढेर उपचारका लागि चितवन आउने कोभिड–१९ का विरामी बढेका छन् ।

निषेधाज्ञा जारी भएर बैशाख २० गतेदेखि आन्तरिक उडानहरु समेत बन्द भएपछि विभिन्न जिल्लाबाट कोभिडका विरामी हेलिकप्टरको सहायतबाट उपचारका लागि आउन थालेका छन्।

बैशाख २५ यता विरामी बोकेका १२ वटा उद्धार उडान भएको भरतपुर विमानस्थलले जनाएको हो ।

नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । दाङको घोराई, गुल्मीको तम्घास र नेपालगञ्जबाट तीन जना विरामी चितवन आएको उनले बताए ।

बैशाख २९ गते बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौँ र दाङ, वैशाख २७ गते काठमाडौँ र गुल्मीको तम्घास तथा २५ गते काठमाडौँबाट उद्धार उडान भएको शर्माले जानकारी दिए ।

काठमाडौँलगायत मुख्य शहरी क्षेत्रमा सङ्क्रमितको उपचारका लागि बेड खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ सङ्क्रमित ल्याउने गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);