सेनाले बनाइदियो सात बेडको आईसोलेशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सेनाले बनाइदियो सात बेडको आईसोलेशन

रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिका–६ खिम्तीमा नेपाली सेनाले सात बेडको आईसोलेशन निर्माण गरिदिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीमा सेनाले आईसोलेशन बेड निर्माण गरेको हो । सो गाउँपालिकामा हालसम्म एउटा पनि आईसोलेसन बेड थिएन ।

जिल्ला प्रशासन कार्यालय रामेछापको आग्रहमा गोरख गण रामेछापका सह–सेनानी लिलाबहादुर तामाङ नेतृत्वको टोलीले उक्त आईसोलेशन निर्माण गरेको हो । आईसोलेशन केन्द्रमा अक्सिजन सिलिण्डर सहितका उपकरण जडान गरिएको छ ।

अक्सिजन सिलिण्डर सहितको आईसोलेशन स्थापना भए पनि प्रयाप्त औषधी र कर्मचारी नहुँदा उपचारमा अझै समस्या हुने वडाध्यक्ष शिव न्यौपानेले बताए । उनले अक्सिजन सिलिण्डर र औषधी अझै थप गर्नुपर्ने बताए ।

सो प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरवन्दी खाली रहेको छ । स्वास्थ्य केन्द्रमा दरवन्दी अनुसारका कर्मचारी नहुनु तथा गाउँपालिकाले थप स्वास्थ्यकर्मीको व्यवस्था गर्न नसक्दा सेवा प्रवाहमा समस्या भएको उनले बताए ।

लिखु तामाकोसी गाउँपालिकामा जनप्रतिनिधि बीचको विवादको कारण दुई वर्षदेखि विकास निर्माणका काम समेत अवरुद्ध हुँदै आएका छन् । विवादको प्रभाव कोभिड संक्रमण नियन्त्रणमा समेत देखिएको छ ।

जनप्रतिनिधिको विवादको कारण पीसीआर टेष्टको काम समेत अघि बढ्न सकेको छैन । कोभिडका शंकास्पद बिरामी परीक्षणको लागि जिल्ला सदरमुकाम मन्थली आउने गरेका छन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);