मकवानपुर। शुक्रबार राति १२ बजे बाट जिल्लामा जारी निषेधाज्ञा सकिँदैछ। बिहीबार जिल्लाको काेभिड- १९ संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि जेठ १३ गते राति १२ बजे सम्म निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सिफारिस गरेको छ।
अहिले जारी निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ।हालका लागि जिल्ला कोहेटौंडा उपमहानगर, थाहानगर, भीमफेदी र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी छ। बाँकी अन्य स्थानीय तहहरुमा पनि शुक्रबार राति बाट थप निषेधाज्ञा जारी हुने भएको हो।
यसैगरी ईन्द्रसरोबर गाउँपालिकाले गाउँपालिकामा रहेको सबै सरकारी तथा गैरसरकारी कार्यालयबाट अति आवश्यक सेवा बाहेकको सबै सेवा बन्द गरेको अवस्था छ।राक्सिराङ गाउँपालिकाले शुक्रबारबाट लागू हुने गरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ।




