काठमाडौं । नेपाल सुपर लिग एनएसएलको फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्ने भएका छन् ।
पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।
बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौं विरुद्ध उत्रिन लागेको हो । पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदुरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे सुरु हुनेछ । लिग चरणको खेलमा दुवै टिमले प्रतिस्पर्धा गरेका थिए । भ्याली डर्बीको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो ।
काठमाडौंको जितमा अफ्रिकन खेलाडी मेसौके ओलुमोउले विजयी गोल गरेका थिए । पछिल्लो ६ खेलमा अपराजित रहेको ललितपुर सिटी एफसी काठमाडौं विरुद्ध सोही नतिजा दोह-याउने कोशिसमा छ ।
उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुर विरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्न प्रयासरत रहेको छ ।