काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा तीन सय रुपैँयाले गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैँयाले घटेर प्रतितोलाको ९२ हजार रुपैँया निर्धारण गरिएको छ । यसअघि मगंलबार सुन प्रतितोलाको ९२ हजार ३ सय मा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार एक हजार ३ सय ४५ रुपैँयामा कारोबार भएको चाँदी आज पति सोही मूल्यमा कारोबार भईरहेको छ ।