सरकार बनाउन दावी गर्छौ : नेपाली कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार निर्माणका लागि दाबी गर्ने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले सरकार बनाउन दाबी गर्ने निर्णय गरेको हो।

बैठकले माओवादी केन्द्र र जसपाको सहयोगमा सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको कांग्रेसले जनाएको हो । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउनका लागि समय दिएलगतै कांग्रेसले तत्काल नयाँ सरकार गठनका लागि पहलकदमी अघि बढाउनुपरेको जनाएको छ।

सोमबार प्रधानमन्त्री विश्वासको मत लिन असफल भएपछि माओवादी केन्द्र र जसपाको सहयोगमा नेपाली कांग्रेसले आवश्यक समर्थन जुटाउनका लागि विपक्षका पार्टीहरुसंग सहकार्य गर्न लागेको हो ।

त्यस्तै, कांग्रेसले सिंगो जसपा आफूहरूको पक्षमा आउन सक्ने बताएको भन्दै पर्सिसम्म समय नयाँ निकास दिनका लागि छलफलमा निरनतरता दिन थालेको छ । कांग्रेसले नयाँ सरकार निर्माण गर्नका लागि जसपाको पनि सम्भावना रहेको र माओवादी केन्द्र पनि एउटै कित्तामा रहेको बताएको छ ।

कांग्रेसले तीन दल एक ठाउँमा नआए बहुमतको दाबी गर्ने अरु विकल्प पनि रहेको बताउँदै एमालेको माधवकुमार नेपाल पक्षसँग पनि छलफल भईरहेको साझा निष्कर्ष निकालेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखभित्र बहुमतको सरकार गठनका लागि दाबी गर्न दलहरूलाई आह्वान गरेलगतै कांग्रेसले नयाँ गठबन्धनसहितको सरकार निर्माणका लागि कसरत गर्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);