विराटनगर, ३० असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा नबस्ने बताएका छन।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै सो गठबन्धनसँग सिटको तालमेल नहुने स्पष्ट पारे। आपसी समझदारीमा सो पार्टीसँग सिटको तालमेल हुन सक्ने उनको भनाइ थियो।
उनले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा सहमति हुनुपर्ने नत्र अवसरवादीको संज्ञा दिइने उल्लेख गरे। सञ्चारकर्मीको जिज्ञासामा मन्त्रिमण्डलको विस्तार गरिनु गलत भएको भन्दै उनले भने, “नेकपा (माओवादी केन्द्र) सत्तामा बसेर प्रतिपक्षसँग गठबन्धन गर्न नहुने हो।”
आफ्नो दलले मधेशको दुई तिहाइ सिटमा जित हाँसिल गर्ने जिकिर गर्दै उनले प्रदेश नं २ मा सरकार बनाउने दाबीसमेत गरेका छन्।