माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ । भर्चुअल रुपमा बस्ने बैठकको समय भने तय भइसकेको छैन ।

सोमबार संसदमा भएको मतदानमा अनुपस्थित भएको नेपाल समूह भावी रणनीति तय गर्न छलफल गर्न लागेको हो । उक्त समूहका २८ सांसद प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित भएका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० गतेसम्म बहुमतको सरकार गठनका लागि आह्वान गरीसकेकी छन् । यता प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित नेपाल पक्षका सांसदलाई कारबाही हुने नेकपा एमालेले बताइसकेको छ ।

संसदबाट विश्वासको मत गुमाए पनि संसदको ठूलो दलको नाताले केपी शर्मा ओली फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । तर नेपाल समूहसँगको विवादका कारण प्रधानमन्त्री ओलीलाई पनि अप्ठ्यारो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);