काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण कार्य स्थगित गरिएको छ ।
पीसीआर कीट सकिएपछि परीक्षण कार्य स्थगित गरेको र अर्को सूचना जारी नभएसम्म परीक्षण नहुने अस्पतालले जनाएको छ । अस्पतालमा अन्तिमपटक शनिबार ३४७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकामा आइतबारदेखि नै शुक्रराजमा पीसीआर परीक्षण नगरिएको देखिएको छ ।