एजेन्सी । इजरायल सेनाले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु भएको छ ।
हवाई आक्रमणमा गाजामा शासन गरेका कम्तिमा तीन जना लडाकुसहित २० जनाको आक्रमणका क्रममा मृत्यु भएको हो । मारिनेमा अधिकाशं बालबालिका रहेको बताईएको छ ।

प्यालेष्टाइनी लडाकुले जेरुसलममा श्रृंखलाबद्ध रकेट प्रहार गरे लगत्तै इजरायलले जवाफी कारबाही स्वरुप हवाई आक्रमण गरेको थियो । इजरायल र प्यालेस्टाइनबीच पछिल्ला समय लगातार झडपहरु भइरहेका छन् ।
यसअघि सोमबार जेरुसलममा इजरायली प्रहरीसंगका झडपमा कयौं प्यालेष्टाइनी घाइते भएका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासबिरुद्ध इजरायलले कारबाही जारी राख्ने चेतावनी दिएका छन् ।
यसैबीच अमेरिका, युरोपियन युनिएन र बेलायतले भने तनाव चाँडो भन्दा चाँडो मत्थर पार्न दुबै देशलाई आग्रह गरेको छ ।
प्यालेस्टाइनले जेरुसलममा रहेको प्रख्यात अल अक्सा मस्जिद आफनो भएको जनाउँदै आएको छ भने इजरायलले पनि सो मस्जिद आफुहरुको पवित्र धार्मिक स्थल भएको दाबी गरेको छ । यही मस्जिदको बिषयमा दुई देशबीच तनाब बढेको हो ।