काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीले अरुलाई दोष देखाएर उम्कन खोजेको बताएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रम्मा संवोधन गर्दे सभापति देउवाले प्रधानमन्त्री ओलीकै कारण आज यो अवस्था आइपरेको बताए ।
उनले ‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने र जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न खोजेको तर्क गरे । ‘३ वर्षअघि एमाले र माओवादी मिलेर गठबन्धन गरेर झण्डै दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्रीजीले सरकार बनाउनुभएको छ । आज उहाँ विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । यसका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ’, देउवाले भने । आफ्नो असफलताको दोष अरुलाई थोपर्ने गरेको भन्दै देउवाले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भएको बताए ।
सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आत्मसमिक्षा गर्न सुझाव समेत दिएका छन् । ‘मानिस दुनियाँबाट भाग्न सक्छ , आफैबाट भाग्छ सक्दैन । एकपटक छातीमा हात राखेर भन्नुस्, आफैले आफैले सोध्नुस् । यो अवस्था तपाईको व्यक्तिगत दम्भ, राजनीतिक र प्रशासनिक कुशासनका कारण आएको होइन भन्दै देउवाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।
सभापति देउवाले म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाइले निर्वाचनताका गर्नुभएको बाचाहरु पुरा गर्न भएको छ भन्दै प्रश्न समेत गरेका छन् । सरकारले नागरिमा कुनै शुरक्षाको प्रत्याभूति दिलाउन नसकेको पनि आरोप लगाएका छन् ।
त्यस्तै सरकारले मित्र राष्ट्रहरुसंगको दैत्य सम्बन्धलाई समेत कायम गर्न नसकेको र कुटनितिक क्षेत्रमा खासै उल्लेखनिय काम सरकारले गर्न नसकेको बताएका छन्।